राजनीति

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना शहीदको त्याग र बलिदानबाट : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना शहीदहरूले गरेको त्याग र वलिदानको प्रतिफल स्वरूप बताउनु भएको छ ।

शहीद दिवसका अबसरमा राष्ट्रपति भण्डारीले जारी गर्नुभएको सन्देशमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा सहिदहरूप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरिएको छ ।

सन्देशमा भनिएको छ, “राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”

राष्ट्रपति भण्डारीले सन्देशमा शहीद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।

साथै वीर शहदहरूको सपनालाई साकार बनाउन सबैले आं आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निभाउन दिवसले थप प्रेरणा प्रदान गर्ने आशा राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.