जन सरोकार

बालबालिकाको शिक्षारम्भ र विद्यालयहरुमा सरस्वती पूजा (फोटो फिचर)

वसन्त ऋतुको आरम्भसंगै बालबालिकालाई शिक्षारम्भ गरिन्छ । वसन्त पञ्चमी पनि भनिने सरस्वती पूजाका दिनबाट घरदेखि विद्यालयसम्म बालबालिकालाई जीवन खुड्किलो चढाउने शिक्षाको आरम्भ गराइन्छ ।

वसन्त ऋतु आफैंमा सुरम्य मौसम भएकाले यसको शुभारम्भकै दिन शिक्षा प्राप्तिको सुरुवात गरिने वैदिक परम्परालाई धर्मनिरपेक्ष मुलुकका सबै किसिमका विद्यालयहरु धुमधामसंग मनाउँछन् र यो दिनबाट विद्यालयमा विद्यार्थी आकर्षित गर्ने होडबाजी पनि सुरु हुन्छ ।

न्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्दै विद्यालयहरुमा श्रीपञ्चमी मनाइन्छ भने विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।






प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.