जापान

जापान सरकारको निष्कर्ष- संकटकाल तत्काल हटाउन कठिन हुँदै गयो

कोरोना भाइरस संक्रमण बढेसंगै दोस्रोपटक राजधानी टोकियो लगायत ११ प्रान्तमा घोषणा गरिएको संकटकाल केही क्षेत्रमा निर्धारित समयभन्दा अरु बढीसम्म जारी राख्नुपर्ने सरकारी धारणा प्रवल हुँदै गएको छ । जनवरी २०२१ बाट राजधानी टोकियो लगायत ११ प्रान्तमा फेब्रुअरी ७ सम्म संकटकाल घोषणा गरिएको छ ।

त्यसो त अघिल्लो हप्तादेखि संक्रमितहरुको संख्या सोभदा अघिल्ला हप्ताहरुको तुलनामा कम देखिए पनि स्वास्थ्य क्षेत्रमा भने निकै दवाव बढिरहेको छ । विशेष गरी वृद्धवृद्धाहरु बढी संक्रमित भैरहेको र उनीहरुमा गम्भीर लक्षण देखापर्ने खतरा बढिरहेको छ ।

यसबीचमा स्वास्थ्यमन्त्री तामुरा नोरिहिसाले संक्रमितको संख्यामा केही कमी आए पनि आशावादी भएर निर्णय गर्नु हतार हुने बताउनुभएको छ । उहाँले आगामी साता संकटकालका विषयमा विशेषज्ञहरुसंग परामर्श गरेर मात्रै निर्णय लिनेछ ।

यसैबीच राजधानी टोकियोसहित तीन प्रान्तका गवर्नरहरुले वर्तमान संकटकालको भविष्यका विषयमा विचार गरिरहेको बताएका छन् । टोकियो गवर्भन कोइके युरिकोले संक्रमित हुनेहरुको संख्या अझै पनि बढी नै रहेकोले अत्यधिक सावधानी अपनाउनु आवश्यक रहेको बताउनुभएको छ ।

त्यस्तै कानागावाका गवर्नर कुरोइवा युजीले कानागावामा स्वास्थ्य सेवाको स्थिति अहिले पनि तनावपूर्ण रहेको बताउनुभएको छ । उहाँले यस विषयमा शुक्रबार सरकारसंग छलफल समेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.