जन सरोकार

दुई थान सुनको रिङ लुट्न ६२ वर्षीया महिलाको हत्या, हत्यामा संलग्न राई पक्राउ

संखुवासभा, खाँदबारी नगरपालिका-९ तुम्लिङटार मंगलबारे बस्ने ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेको अभियोगमा सुनसरी धरान जिरोपोईन्ट ठेगाना बताउने ३० वर्षीय दिपेन राई भन्ने आकास राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

दिपेन राई

खाँदबारी नगरपालिका-९ तुम्लिङटार मंगलबारेस्थित एसएस एफएमको कम्पाउण्ड बाहिर माघ ६ गते दिउँसो दिलकुमारी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले इलाका प्रहरी कार्यालय धरानको सहयोगमा सुनसरी, धरान उपमहानगरपालिका-२ देशीलाईनस्थित एक गेष्टहाउसबाट पक्राउ गरेको हो ।

आकाशले दिल कुमारीको बन्चरो प्रहार गरी हत्या गरेको र कानमा लगाएको सुन जस्तो देखिने धातुको २ थान रिङ डाँका चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै आकासले उक्त रिङ धनकुटा पाख्रीवास नगरपालिका-४ बुद्धचोकस्थित रुपकला ज्वेलर्सका संचालिका ३६ वर्षीया धनमाया विश्‍वकर्मालाई बिक्री गरेको तथा धनमायाले सो रिङ सोही ठाउँस्थित विवेक ज्वेलरीमा बिक्री गरेको खुल्न आएपछि धनमाया र विवेक ज्वेलरीका संचालक ५३ वर्षीय देव बहादुर विश्‍वकर्मालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

आकास उपर कर्तव्य ज्यान र चोरी/डाँका सम्बन्धी कसूर मुद्दामा तथा रिङ खरिद गर्ने कार्यमा संलग्न धनमाया र देव बहादुर उपर चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.