जन सरोकार

सवारी दुर्घटनामा छ जनाको मृत्यु

बर्दिया, सुर्खेत, बाँके, तनहुँ र कपिलवस्तुमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिया, मधुबन नगरपालिका-८ स्थित सडकमा भे.१ ख १८५० नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-४ बादर भरिया बस्ने ५५ वर्षीय फागुराम थारुको सोमबार बिहान मृत्यु भएको छ ।

पैदल हिँडिरहेको अवस्थामा आइतबार साँझ ठक्करबाट गम्भीर घाइते भएका उनको नरसिंह होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुर्खेत, गुर्बाकोट नगरपालिका-७ मेहलकुनामा भे.१ ह ४७०० नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-७ बस्ने ५० वर्षीया भिमि कामीको सोमबार बिहान मृत्यु भएको छ ।

आइतबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको मेहलकुना अस्पताल हुँदै थप उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका अटोमा सवार अटो चालक समेत २ जनाको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका-८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुर्खेत, गुर्भाकोट नगरपालिका-७ मेहलकुनास्थित सडकमा भे.१ ह ४७०० नम्बरको अटो अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया भिमी कामीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित सडकमा ग.१ क ५०१२ नम्बरको मिनि ट्रक र प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखैरेनी अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कपिलवस्तु, वाणगंगा नगरपालिका-७ मोतिपुरस्थित सडकमा लु.२ च ७३८७ नम्बरको बलेरो पिकअप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ गजेडा बस्ने ४५ वर्षीय रूदनाथ रौताहारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.