बिशेषराजनीति

रास्वपाले समानुपातिकमा धेरै भोट ल्याउनसक्छ, हाम्रो प्रतिस्पर्धा कांग्रेससंगै हो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेको प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संग नभई नेपाली कांग्रेससंगै हुने र नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ ।

महासचिव पोखरेलले निर्वाचनलाई लोकतान्त्रिक अभ्यास तथा नीतिगत बहसका रूपमा लिनुपर्ने र नीतिका आधारमा एमाले पहिलो नम्बरमा आउने दावी पनि गर्नुभयो ।

शुक्रबार निर्वाचनका सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताउनुभएको हो ।

त्यस क्रममा उहाँले भन्नुभयो, ‘काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ । तर, त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने छ । त्यसैले एमालेसंग कांग्रेस नै प्रतिस्पर्धामा छ ।’

उहाँले रास्वपाले समानुपातिकतर्फ मत बढाउने बताउँदै भन्नुभयो, “अघिल्लो चुनावमा समानुपातिक हकमा सहरी क्षेत्रको मत रास्वपालाई धेरै गएको हो । अहिले घट्ने देखिन्छ । तर, प्रत्येक जिल्लामा केही न केही ल्याइहाल्छ, त्यसैले ग्रामिण क्षेत्रको मत बढ्ने आँकलन छ ।”

छलफलका क्रममा उहाँले राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न नहुने पनि बताउनुभयो ।

उहाँले नेपाली समाजको चरित्र कुनै पुस्ताका नाममा विभाजन नभई मिलनसारिता तथा संवाद भएकाले त्यसलाई बुझेर मतदातालाई विकास र समृद्धिमा जोड्न सक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.