जन सरोकार

विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीलाई खोप लगाउन माग

सरकारले स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुलाई कोरोना बिरुद्धको खोप अभियान चलाइरहेको छ । अहिले विद्यालयहरु संचालनमा आएको हुँदा विद्यार्थी तथा शिक्षकहरुलाई पनि कोरोना खोप दिन माग गरिएको छ ।

कोरोना संक्रमणको सबैभन्दा जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षित राख्न तत्काल खोपको प्रबन्ध गर्नुपर्ने आवश्यकता सर्वत्र महसुस भैरहेका बेला विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरिएको छ ।

सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गर्नुभएको विज्ञप्तिमा लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.