कर्णालीप्रदेश

राप्रपा प्रदेशसभा सदस्य शाहीलाई बस्ने ठाउँ नै नदिएपछि…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य सोशिला शाही आइतबार बैठक सञ्चालन भएकै अवस्थामा सभाहलबाट बाहिरिनुभयो । प्रदेशसभाको नवाैँ अधिवेशनको तेस्रो बैठकका क्रममा असन्तुष्टि जनाउँदै उहाँ बाहिरिनुभएको हो ।

उहाँले बैठकको सुरुमा आपत्ति जनाए पनि त्यही समय लिँदै नेकपा (एमाले) प्रदेशसभा दलका नेता यामलाल कँडेलले करिब ४० मिनेट बोलिरहँदा सदस्य शाही त्यतिञ्जेल सभामा उभिरहनुभयो । जब नेता कँडेलले धारणा राखेर सक्नुभयो त्यसपछि सभामुख शाहीले के होला माननीय सदस्य ? छोटोमा कुरा राख्नुहोला भनेर उहाँलाई समय दिनुभयो ।

करिब ४० मिनेट सभामा उभिनुभएकी सदस्य शाहीले गहकिएर भन्नुभयो, “सभामुख महोदय ! हाम्रो दलले स्थान पाउने कि नपाउने ? सभामा सबै दलको मान्यता त्यही त होला नि ? प्रदेशसभा सचिवालयले गरेको व्यवस्था मिलेन कि ?

मलाई बारम्बार सिटकै लागि मरिहत्ते गरेजस्तो किन गरिँदैछ ? मैले पनि कुनै न कुनै धारणा राख्ने वातावरण तयार गर्नुपथ्र्यो कि ? कर्णाली प्रदेशका निमुखा जनताले सरकार, प्रमुख प्रतिपक्षीसहित अन्य दलको धारणा सुन्न पाउनु पर्यो नि ?”

कर्णालीमा विकास, समृद्धि भएन भन्ने कुरा उठे पनि विकास कति भयो/भएन भन्ने कुराको मूल्याङ्कन १० जिल्लाका जनताले गरेको उहाँले बताउनुभयो । सानो दलले विश्वासको मत दिँदा सत्तापक्ष र नदिँदा अर्को पार्टीको भयो भन्ने कुन सोच राखिन्छ भने सभामुख महोदय ! मैले जाने कहाँ ? प्रश्न गर्दै सदस्य शाहीले भन्नुभयो, “कि गेटबाटै फर्कनुपर्ने हो ? दलको मान्यता दिएपछि त्यहीअनुसार सिटको पनि त व्यवस्था हुनुपर्यो । अब म यत्तिकैमा जान्छु र सिटको व्यवस्था होस् ।”

अब बैठक आउन पाइए आउला, नआउन पाइए नआउँला, मेरो आवश्यकता भए बोलाउनु होला नभए नबोलाउनु होला । चार दलले कर्णालीको विकास गर्नु, मैले घुमाएर रिङ्ग्याएर कुरा गर्न जानेको छैन भन्दै उहाँ बैठकबाट बाहिरिनुभयो । त्यसपछि सभामुख राजबहादुर शाहीले बैठक आधा घन्टाका लागि स्थगन भएको सूचना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.