राजनीति

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

स्थानीय तहको निर्वाचन आउँदो जेठ महिनाभित्र गर्ने सत्ता गबठन्धनले सहमति गरेपछि आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनभयो ।

पछिल्लो समय अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पनि गठबन्धनमा उठ्दै आएको छ ।

तर आजको भेटवार्तामा राजनीतिक विषयमा छलफल भएको शर्माले बताउनुभयो । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहान साढे १० बजे भेटवार्ता भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.