राजनीति

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनपेशकुमार थपलियाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा सोमबार प्रमुख आयुक्त थपलियाले सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश भएको छ ।

विज्ञप्तीमा जनाइएअनुसार संंविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले सो प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.