जन सरोकार

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।

दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप मंगलबार दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटना भएको हो । दुर्घटनामा दोगडाकेदार– ८ कै चालकसमेत रहेका ३० वर्षीय भुपेन्द्र विष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ५० वर्षीया कृष्णा विष्ट, ७० वर्षीया हरिमाया विष्ट र १७ वर्षीय महेश विष्ट रहेका छन् ।

घाइतेमध्ये जिप चालक भूपेन्द्रको अवस्था गम्भीर रहेको प्रवक्ता जोशीले बताउनुभयो । घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । जिपमा चालकसहित आठ जना सवार थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.