राजनीति

संसदमा प्रस्तुत हुने एजेण्डामा छलफल गर्न रास्वपाले बोलायो बैठक

संसद बैठक सुरु हुनुअघि प्रतिनिधिसभाको चौथाे ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा प्रस्तुत हुने विषय र मुद्दामा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

माघ २२ गतेदखि संसद बैठक बस्नुअघि रास्वपाले माघ १९ गते शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ ।

पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठकमा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा लगायत विविध एजेण्डा रहेको जानकारी दिनुभएको छ ।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा बुझिन्छ । अघिल्लो संसद बैठकले एउटा मात्रै कानुन बनाएको थियो । संसदलाई सरकारले बिजनेस दिन नसकेको भन्दै चर्को आलोचना भैरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.