राजनीति

नेकपाका नेताहरुको सम्पत्ति छानबिनको माग

कम्युनिष्ट पार्टीका नेताहरुको विलाशी जीवन देखेर सच्चा कार्यकर्तामा आक्रोश उत्पन्न हुनु स्वाभाविक हो । यही आक्रोश नेकपा केन्द्रीय कमिटीको जारी बैठकमा देखियो र पार्टीका सबै तहका नेताको सम्पति छानबिन गर्न माग राखेका छन् ।

शुक्रबारको बैठकमा समूहगत छलफलबीच सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउन माग गरिएको हो । समूह २ बाट कमला रोक्का, ६ बाट दिनानाथ शर्मा, ९ बाट भगवती चौधरी र १३ बाट लेखनाथ न्यौपानेले समूहगत छलफलको प्रतिवेदन पेस गरेका थिए ।

त्यस क्रममा समूह नेताहरूले पार्टीभित्र बढेको गुटबन्दी, नेताहरूको सम्पत्ति मोह र अपारदर्शितामाथि प्रहार गरेका थिए ।

समूह १३ का टोली नेता न्यौपानेले छलफलका धारणा सुनाउने क्रममा वडा तहदेखि नै पार्टीलाई सम्पत्ति विवरण बुझाउन माग राखेका थिएसमूह ६ का नेता शर्माले मञ्चमा बसेका सचिवालय सदस्यहरूतिर औंला तेर्स्याउँदै गुटबन्दी तपाईंहरूका कारण बढेको छ । भद्दा र खर्चिलो जीवनशैली तपाईंहरूकै छ । पानी र बानी माथिबाटै तल बग्ने हो । त्यसैले, तपाईंहरू पहिला सुध्रिनुस्, त्यसपछि नेता, कार्यकर्ता आफैं सुध्रने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.