वुहानबाट नेपाली विद्यार्थी फिर्ता ल्याउने तयारी, टेकु अस्पतालमा आइसोलेटेड बेडको व्यवस्था
कोरोना भाइरसको संक्रमणका कारण अस्तव्यस्त भएको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरुले सामाजिक सञ्जालबाट नेपाल सरकारको आलोचना गरिरहेका छन् ।
उनीहरुले आफूसंग रहेका अरु देशका नागरिकलाई उनीहरुको सरकारले स्वदेश लगिरहेको टुलुटुलु हेरेर बस्नुपरेको र हाम्रो सरकार किन यति काम गर्न सक्दैन भन्दै आक्रोशित बनिरहेका छन् ।
यसबीचमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नोवेल कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई फर्काउने तयारी भइरहेको बताउनुभएको छ । मन्त्री ज्ञवालीले सरकारले वुहानमा रहेका नेपालीहरूको मर्का बुझेको र आवश्यक परे तत्काल फर्काउने गरी तयारी गरिरहेको बताउँदै वुहानमा रहेका सबै नेपालीलाई नआत्तिकन बस्नु र सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।
मन्त्री ज्ञवालीले वुहानमा रहेका नेपालीलाई जुनसुकै बेला नेपाल ल्याउने जानकारी चिनियाँ विदेश मन्त्रालयलाई दिइसकेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘ठ्याक्कै यो दिन यो प्लेन आउँछ त भनेका छैनौं तर हाम्रा नागरिकलाई फिर्ता लिनुपर्छ । उहाँहरूलाई नेपालमा पनि छुट्टै ठाउँमा राख्नुपर्छ । त्यसका लागि टेकुलगायतका अस्पतालमा आइसोलेटेड बेडको व्यवस्था गरिरहेका छौं ।’
प्रतिक्रिया राख्नुहोस्