बिचार

"मेरो ममीको सिन्दुर र हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् बाँकी सबै लैजानुस"

नेकपा प्रचण्ड समूहकी नेतृ रामुकमारी झाँकीले गोरखामा गएर राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जेजस्तो लाञ्छना र अममानवीय शब्दहरु प्रयोग गरी सामान्य मर्यादासम्म नराखेर गाली गरिन त्यसको तारिफ हैन आलोचना भैरहेको छ ।

यसै क्रममा राष्ट्रपतिपुत्री उषाकिरणले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफ्नी आमाले झेलिरहेको मानसिक यातना र आफ्ना विगतबारे प्रष्ट पार्दै झाँकीमाथि प्रश्नहरुको वर्षा नै गरेकी छिन् । उषाको स्टाटस यस्तो छ-

मेरो ममीले मलाई बोलाउनु भयो अनि भन्नुभयो सबै नेतृत्वमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन । पहिलेको समयमा इन्दिरा गान्धीदेखि अन्तर्राष्ट्रिय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो । आमाको मन हो, आफ्नो घाउ देखाउनु भएन छोरीहरूमाथि यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो ।

मेरो ममीको बारेमा तथानाम भन्न थालेको लगभग २०५२।०५३ देखि हो । यो शुरू गर्ने पत्रकार अहिले अवका लिएका वरिष्ठ पत्रकार र ठूलो नागरिक अगुवा भइसके । उनीहरूका नयाँ अवतार अहिले छन । म त्योबेला ११ वर्ष जती थिए ममीले फोनमा भन्नु हुँदैथियो “म किन अभियानमा ननिसकिनु ? किन घरमा लुक्नु ?? उनीहरुले यही चाहेर यो सब गर्दैछन म भाग्दिन।” मलाई त्यो दिनदेखि नै हिम्मत प्राप्त भयो । ममीले हामीलाई आफ्नो साहास र दृदताबाट शिक्षित गर्नुभएको छ ।
१ महिना अघि मैले यहीं (फेसबुक)मा भनेको थिएँ अदृश्य साइबर बुलीबाट अब सडकमा नारा लाउन शुरु भयो । हामिले आवाज बुलन्द नगरे यस्तो अपराधले झन ठूलो रूप लिन्छ एक महिना नबित्तदै त्यही भयो ।

यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु
१. गल्ती सेतो सारीमा होइन गल्ती दृष्टिकोणमा छ ।
२ गलत चुनाव लडाउनु होइन, उहाँमाथि त्यसबेलाका शीर्ष नेताले गरेको व्यवहार र बोलीमा थियो । अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ, सोधनुहोस गएर ।
३० तपाईं कम्युनिष्ट स्कूलिंगको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने । मेरो ममी एउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थ्यो । तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ, हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए । उहाँले बाबालाई मनपर्ने खाना र अचार बनाउन छोडनु भयो । उहाँका ससाना छोरीहरू हामीले प्रश्न उठाएनौं, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ? हामी ९, १० वर्षकाले बुझयौ उहाँ दुःखसंग सम्झौता गर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थ्यो । तपाईं महिला, ठुलो मान्छे भएर यति बुझनु भएन ?

तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टीका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाउनु भयो । राष्ट्र प्रमुखको निधार खाली हुनुहुँदैन भन्ने मान्यताले गर्दा उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिदा तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो ? त्रमसदीको सामना गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ । जुन बाटो स्वयम त्यो व्यक्तिले पनि आफैंले रोज़ेको होइन । हरेक कुरा नाफा र नोकसानमा तुलना गर्न सकिदैन ।

यदि तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी क्यारिएर र महत्वकांक्षा हो भने ठाउँ साटौ । तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो बाबा, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस, अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ । लिएर जानुस !

झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाले यो छोरीको प्रश्न सुनाइदिनु ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.