जन सरोकार

काठमाडौंमा अनलाइन जुवा खेलाउने गिरोह

काठमाडौंमा अनलाइन जुवा खलाउने गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।

समाचार अनुसार दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले एक सूचना जारी गरी जनाएको छ ।

कोभिड–१९ को महामारीको समयमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

उक्त खेलमा प्रयोग गरिने सामग्री मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूको साथबाट रु ६ लाखभन्दा बढी रकमसमेत बरामद गरिएको छ ।

उनीहरूमाथि बौद्ध प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.