जन सरोकार

नक्कली नोटसहित दुई जना पक्राउ

सर्लाही, मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रूपैयाँ दरको २ वटा नक्कली नोटसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् ।

उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा बाद-बिवाद भईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.