जल/वातावरण

हिमपातले सेताम्य बन्यो ढोरपाटन उपत्यका

बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै बिहिबार बिहानैदेखि हिमपात सुरु भएको हो ।

बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिनुभयो । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो ।

बिहानैदेखि परेको हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय स्थानीय गङ्गाबहादुर भण्डारीले जानकारी दिनुभयो । हिमपातले गर्दा ढोरपाटनदेखि बेँसी झर्नका लागि समस्या भएको भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजोदेखि मौसम निकै चिसो थियो, पानी पनि पर्न सकेको थिएन, घाम पनि लागेको थिएन, राति अलिअलि पानी पर्‍यो र एकै छिनमा हिउँ पर्‍यो, अहिले निकै चिसो छ, चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न सकिँदैन, अब घाम लाग्यो भने मात्रै घर र गोठको काम गर्न सकिन्छ ।”

गत मङ्सिर १८ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको थियो । त्यसयता सामान्य वर्षासमेत हुन सकेको थिएन । लामो समयदेखि वर्ष नहुँदा किसानले लगाएका गहुँ, जौँ बारीमै मर्न थालेका थिए ।

यो वर्षाले किसानका लागि राहत मिलेको स्थानीय प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । यो सिजनमा किसानलाई वर्षाको निकै आवश्यकता रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.