जन सरोकार

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरी र तत्कालीन कार्यकारी प्रमुख थापा पक्राउ

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि प्रहरीले व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन प्रमुख अजितनाराण थापालाई पक्राउ गरेको छ ।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उचौधरीलाई काठमाडौंको लैनचौरबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।

सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.