राजनीति
रवीन्द्र अधिकारीको स्मृति दिवसमा राष्ट्रिय निवन्ध प्रतियागिता
तत्कालीन संस्कृति, नागरिक उड्डयनन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले राष्ट्रव्यापी नेपाली निबन्ध लेखन प्रतियोगिता आयोजना गर्नेभएको छ ।
प्रतियोगितामा नेपालभरका विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययनरत नियमित विद्यार्थीहरूको सहभागिता हुनेछ ।
यसका लागि प्रतिष्ठानले पत्राचार गरिसकेकोा जानकारी दिएको छ । प्रतिष्ठानले विद्यार्थी सहभागिताको लागि गरिएको पत्र वा इमेल प्राप्त हुन नसकेको भए, यसै समाचारमार्फत विद्यार्थी आफै सहभागी हुन् वा क्याम्पसले सहभागीताको लागि सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्