जन सरोकार

बेइजिङका विमानस्थलमा रोकिए नेपाली विद्यार्थी- कोरोना संक्रमणको आशंका

कोरोना भारसका कारण अस्तव्यस्त बनेको चीनमा रहेका विदेशीहरु स्वदेश फर्कने क्रम बढिरहेको छ । त्यहाँ अध्ययनरत नेपालीहरु पनि स्वदेश फर्कन आतुर भैरहेका बेला पाँच नेपाली विद्यार्थीलाई बेइजिङ विमानस्थलमा रोकिएको छ ।

विमानस्थलमा गरिएको स्वास्थ्य परीक्षणपछि उनीहरुलाई कोरोना संक्रमण भएको आशंका गर्दै रोकेका हुन् । कोरोना भाइरस संक्रमण बढेपछि क्वारेन्टाइन परीक्षणबाट पहिलोपटक चिनियाँ विमानस्थलले नेपाली विद्यार्थीलाई रोकेको होा ।

नागरिक दैनिकमा बेइजिङबाट चेतनाथ आचार्यले लेखेको समाचारमा हिमालय एयरलाइन्सको विमानबाट काठमाडौँ आउन लागेका चार नेपाली विद्यार्थीलाई बेइजिङस्थित तासिङ विमानस्थलले शुक्रबार साँझ उड्ने अनुमति दिएन । त्यसैगरी बेइजिङकै क्यापिटल विमानस्थलले एक विद्यार्थीलाई शुक्रबार नै रोकेको छ ।

बेइजिङको नजिकै रहेको हुपेई प्रान्तको उत्तरी हुपेई विश्वविद्यालयमा एमबिबिएस पाँचौँ वर्षमा अध्ययनरत जनकपुरका प्रियरञ्जन पण्डितलाई विमानस्थलले क्वारेन्टाइन परीक्षण गर्दा ज्वरो देखिएकाले रोकेको हो ।

विमानस्थलमा शरीरको परीक्षण गर्ने मिसिनले उनको तापक्रम ३७ दशमलव ४ डिग्री सेल्सियस देखाएको थियो । कोरोना भाइरसको संक्रमण हुन थालेपछि ३७ दशमलव १ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने व्यक्तिलाई चिनियाँ विमानस्थलले उड्न प्रतिवन्ध लगाउने गरेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट फिलिपिन्समा एकजनाको ज्यान गएको छ । यो समेत कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४ रहेको छ । यसअघि मृत्यु हुने सबै चिनीया थिए । पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको हो ।

एएफपीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई उद्धृत गर्दै लेखेको समाचारमा ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेका छन् । उनको परिचय भने खुलाइएको छैन ।फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो अस्पतालमा भर्ना भएका थिए । त्यहीँ उनको शनिबार निधन भएको हो ।

चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ । विश्वका अन्य २२ देशमा यो भाइरसको संक्रमण देखिएका बेला चीन बाहिर फिलिपिन्समा पहिलो पटक संक्रमितको ज्यान गएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.