वुहानबाट एक सय ७५ जनाले भरे नेपाल फर्कने फाराम
बेइजिङस्थित नेपाली दूताबासमा चीनको वुहान प्रान्तबाट नेपाल फर्कन १ सय ७५ जना नेपाली विद्यार्थीले फारम भरेका छन् । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी एकदुई दिनभित्रै नेपाल फर्काइने दूताबासले जनाएको छ ।
कोराना भाइरसको प्रकोप फैलिएपछि दूताबासले शनिवार एक सूचना जारी गरी नेपाल फर्कन चहानेले आइतबार विहान ९ बजेसम्म फारम भर्न समय सीमा तेकेकोमा १ सय ७५जनाले फारम भरेको दूवाबासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले बताउनुभएको छ ।
उहाँले बुहानमा श्रम स्वीकृति लिएर काम गरीरहेका दश जना अन्य विद्यार्थी गरी करीब २०० जना नेपाली रहेको अनुमान गरिएको बताउनुभयो । त्यस मध्ये केही चीनको नयाँ वर्षको विदा परेका कारण नेपाल नै गएको हुन सक्ने बताउनुभयो ।
“हामीले करीब १८८ जनाको सूची तयार गरेका थियौं । त्यसमा १७५ जनाले फारम भर्नुभएको छ । अब प्रक्रिया पूरा गरी उहाँहरूलाई फिर्ता गछौं ।” नियोग उपप्रमुख लम्सालले बताउनुभयो ।