जन सरोकार

एसएसपी शौरभ राणाद्वारा आत्मसमर्पण सुनसरी प्रहरीको नियन्त्रणमा

इटहरीको एक होटलमा आफूमाथि जबर्जस्ती करणी गरेको आरोप एक महिलाले लगाएपछि निलम्बनमा पर्नुभएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शौरभ राणाले आत्मसमर्पण गर्नुभएको छ । राणालाई सुनसरी प्रहरीको नियन्त्रणमा राखिएको छ ।

संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो ।

राणाविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो । धरानकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गृह मन्त्रालयले राणालाई बिहीबारले निलम्बन गरेको थियो । निलम्बनको भोलिपल्ट शुक्रबार ती महिलाले राणाले आफूमाथि बलात्कार गरेको आरोपमा सुनसरी प्रहरीमा जाहेरी थिइन् ।

राणामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले राणामाथि थप अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.