राजनीति

दाहाल-नेपाल समूह (नेकपा)को आधिकारिकता निर्वाचन आयोगमा पेश

विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता निर्वाचनमा कायम रहेको दस्तावेज अनुसार दुई अध्यक्ष र महासचिवको हस्ताक्षरबाट मात्र हुने भन्दै दुबै समूहलाई आधिकारिकता नदिएपछि दाहालमाधव समूहले निर्वाचन आयोगमा दलको आधिकारिकताको लागि दाबी पेस गरेको छ ।

सोमबार पार्टीको बैठकको निर्णय अनुसार मंगलबार अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेता स्वयं उपस्थित भएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गर्नुभएको हो ।

दाबी पेस गरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै दलका वरिष्ठ नेता झलनाथ खनालले २ वटा केन्द्रीय कमिटीको बैठकबाट आफूहरूसँग बहुमत रहेको भन्ने प्रमाणित भइसकेकोले आवश्यक कागजातसहित दाबी पेस गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.