नेपालमा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसै गरी बुधबार कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्य भएको जानकारी दिनुभएको हो ।
यसै गरी ओमिक्रोनको संक्रमण बढेको पाइएइको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ नमुनाको परीक्षण गर्दा २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।
प्रवक्ता डा. मिश्रका अनुसार देशभरबाट संकलन गरेर ल्याएका २४ नमुनाको निज सिक्विन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टि भएको हो । थप तीन जनामा भने डेल्टा भेरियन्ट पुष्टि भएको उहाँको भनाइ छ। यो तथ्यले देशका सातै प्रदेशमा ओमिक्रोन फैलिएको पुष्टि भएको उहाँको भनाइ छ।
प्रतिक्रिया राख्नुहोस्