जन सरोकार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका-२ घर भएका ४० वर्षीय रेवत बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदातल पाटनको २०७७ मंसिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दाहरूमा २४ दिन कैद सजाय, ७५ लाख रूपैयाँ जरिवाना र ७५ लाख रूपैयाँ बिगो भराई क्षतिपुर्ति बापत पीडित राहतकोषमा ३ लाख रूपैयाँ जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.