जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, बाँके, मकवानपुर, भक्तपुर, सिरहा र नवलपरासी पूर्वमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-९ तिलगङ्गास्थित सडकमा बा.९ च २११५ नम्बरको डिआई गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-९ गौरिघाट बस्ने झापा घर भएकी ५० वर्षीया रमिला बजगाइको बिहीबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझास्थित सडकमा बा.१७ च ६३०५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री जुम्ला चन्दननाथ नगरपालिका-१० बस्ने ३० वर्षीय समेस शाहीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै मकवानपुर, मनहरी गाउँपालिका-६ स्थित सडकमा ना.७ ख १७९६ नम्बरको ट्रकले बागमती प्र.०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक चितवन माडी नगरपालिका-१२ बस्ने २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित सडकमा प्रदेश नम्बर-३- ०२-००७ प १६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा चालक दोलखा शैलुङ गाउँपालिका-७ घर भई हाल भक्तपुर बोडे बस्ने ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो । उता सिरहा, सुखिपुर नगरपालिका-१ शिवनगरस्थित सडकमा प्र.२-०१-००१ च ०६३१ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ७२ वर्षीय जितन मोचीको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटि धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त गाडी अनियन्त्रित भई जितन मोची र भोरिल रामको घरमा ठोक्किएर दुर्घटना भएको र उक्त घर नजिकै आगो तापिरहेका तथा घरमा बसिरहेका समेत गरी ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका गाडी चालक समेत ६ जनालाई उपचारको लागि कामना नरसिंह होम लहान लगिएकोमा १ जनालाई थप उपचारको लागि विराटनगर रिफर गरिएको छ ।

त्यसैगरी नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-७ कालिका चोकमा बा.प्र-००३-००१ ख ४७६ नम्बरको बसले ना.६५ प ३३१२ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ पतवारी बस्ने ४५ वर्षीय बाबुराम महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.