जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । दाङ, गढवा गाउँपालिका-२ पचाह बस्ने ८२ वर्षीया विधेदेवि चौधरी सोही ठाउँस्थित राप्ती नदीको बाँधमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै काभ्रे, बनेपा नगरपालिका-९ तिनधारा डेरा गरी बस्ने पनौती नगरपालिका-८ मल्पी घर भएकी ३६ वर्षीया मिना थापा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै सर्लाही, ब्रह्मपुरी गाउँपालिका-६ पिपरा बस्ने ८० वर्षीय भुटा महतो कोइरी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उता सप्तरी, बोदेबर्साइन नगरपालिका-७ मानराजा बस्ने ३५ वर्षीय राम कुमार मण्डल सोही ठाउँस्थित सार्वजनिक पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता मोरङ, कानेपोखरी गाउँपालिका-७ बस्ने ४५ वर्षीय दशु राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.