मुख्य प्रशिक्षक पटवालको राजीनामा- आईसीसी टी-२० वरियतामा नेपाल यथावत
सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई पुर्याउने लक्ष्य लिएर नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका उमेश पटवालले राजीनामा दिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग २ सुरु हुन एक दिन बाँकी रहँदा उनले मुख्य प्रशिक्षक पटवालले राजीनामा दिएका हुन् ।
सिंगापुरमा भएको भएको टी–२० को विश्वकप छनोटको एसिया फाइनलमा पुर्याउन असफल भएकाा प्रशिक्षक पटवालले यो प्रतियोगिता सकिए लगत्तै लागु हुने आईसीसीलाई राजीनामा पत्र पठाएका हुन् ।
बुधबारबाट हुने ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज उनको नेपालका लागि अन्तिम सिरिज हुने भएको छ । एक वर्षकाा लागि नेपाला आएका पटवालले आठ महिनमै राजीनामा दिएका छन् ।
यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टि–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ । आइसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टि–ट्वान्टीतर्फ १२ औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२ औँ स्थानमा थियो ।
टि–ट्वान्टीमा नेपाल ११ औँ स्थानसम्म पुगेको छ । टि–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अस्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टि–ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन् । यसअघि उनी ६० औं स्थानमा थिए ।
यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५ औँ स्थानमा छन् । यसअघि उनी ८३ औँ स्थानमा थिए । अलराउन्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५ औँ स्थान तथा करण केसी ७५ औँ स्थानमा रहेका छन् ।