राजनीति

सरकारको बलमिच्याई पराकाष्टमा पुगेपछि आम हड्ताल : प्रचण्ड–माधव समूह

प्रचण्ड–माधव समूहको नेकपाले भोलि (बिहिबार)को आम हड्ताल बाध्यता भएको बताउँदै सरकारको बलमिच्याईले पराकाष्टा नाघेकाले आम हड्तालमा जानुपरेको बताएको छ ।

बुधबार संवैधानिक निकायका प्रमुख तथा सदस्यहरुको नियुक्ति र शपथग्रहण लगत्तै पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याँई र निरंकुशतन्त्रको पराकाष्टा भएको उँदै त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताउनुभयो ।

उहाँले केही असहज स्थिति हुने भएकाले यसका निम्ति पार्टीको तर्फबाट क्षमायाचना गरेको स्पष्ट गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले जानकारी दिनुभयो । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्त गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.