जन सरोकार

आमहड्ताललाई लक्षित गरी प्रहरीको आकस्मिक सुरक्षा योजना- जवर्जस्ती गरे पक्राउ

सरकारले संवैधानिक निकायमा प्रमुख र सदस्यहरुको नियुक्ति गरेपछि आक्रोशित बनेको प्रचण्ड नेपाल समूहले भोलि बिहिबार आह्वान गरेको आमहड्ताललाई लक्षित गरी प्रहरीले आकस्मिक सुरक्षा योजना बनाएको छ । बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ । सबै जिल्ला प्रहरी कार्यालय, राजधानी उपत्यकामा परिसरहरूले आवश्यक सुरक्षा योजना बनाएका हुन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले शान्तिपूर्ण वातावरणमै आमहड्ताल सम्पन्न होस् र सर्वसाधारणले शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूत गरून् भन्ने उद्देश्यबाट प्रहरी परिचालन हुने बताउनुभएको छ ।

त्यसअनुसार उपत्यकाका तीन वटै जिल्लास्थित सुरक्षा प्रमुखहरूलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ । राजनीतिक पार्टीको विरोध आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा बाधा नपर्ने तर जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड भए प्रहरीले नियन्त्रणणमा लिएर कारबाही गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.