जन सरोकार

अवैध भारतीय नोटसहित एकजना पक्राउ

स्रोत नखुलेको एक लाख चार हजार भारतीय रुपैँयासहित एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ पाडाजुङ्गीका ३१ वर्षीय अजय बलकोटी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शङ्का लागेर चेकजाँच गर्दा भारतीय रुपैयाँ पाँच सय दरका २ सय ८ थानसहित उहाँलाई मोरङको मटेरुवाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

आवश्यक कानूनी कारवाहीका लागि उहाँलाई एकीकृत भन्सार जाँचचौकी विराटनगरमा बुझाएको उहाँले बताउनुभयो ।

यसैगरी, बेवारिसे अवस्थामा रहेको एउटा बोलेरो गाडी प्रहरीले आज सुनवर्षी नगरपालिका–८ बाट बरामद गरेको छ । को२च २७८६ नं लेखिएको सो गाडी यातायात कार्यालय इटहरीमा दर्तामा नरहेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कानूनी कारवाहीका लागि गाडीलाई विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.