बिचार

आज जापानमा सेचुबुन नो हि अर्थात “मामे माकि”

जापानमा पर्ने विभिन्न ऋतु पर्वहरू मध्य यो “मामे माकि”पनि एउटा पर्व हो।आजको दिनलाई जापानीहरू एउटा विशेष अर्थले मनाउँछन्।यहॉ मनाउने विबिध पर्वहरू मध्य यो “सेचुबुन नो हि”पर्वको शुरूआत ऋतुहरूको परिवर्तनलाई लिएर मनाउने चलन छ।

यो पर्व आ-आफ्नो चलन अनुसार जिन्जा 神社या お寺हरूमा प्रशिद्ध व्यक्तिहरूलाई निमन्त्रणा गरी भुटेको भटमास र कतै भुटेको बदम पनि मिसाएर झ्याल या बरण्डाबाट *ओनि वा सोतो*””फुकु वा उची”भनि राक्षसहरूलाई भुटेको भटमासले हानि भगाउने चलन छ। यसलाई नै जापानमा “節分の日 अर्थात मामे माकि नो हि भनिन्छ। यो दिन हाम्रो नेपालमा “लुतो फाल्ने” जस्तै हुन्छ। भुटेको भटमास घरको झ्याल या बरण्डाबाट “राक्षसहरू बाहिर खुशियाली भित्र” भन्दै राक्षसहरूलाई खान दिइ भगाउने चलन आज पनि जापानमाभरि प्रशिद्ध छ।

節分 सेचुबुन को अर्थ ऋतुहरूलाई अलग्ग गर्नु पनि हो। तर हामीहरूलाई अचम्म लाग्छ यति जाडो हुँदाहुँदै पनि आजको दिन देखि जापानमा बसन्त ऋतुको आगमन हुने पारम्परिक विश्वास छ।

江戸時代 “एदो इरा” पछि यो दिनलाई ऋतुहरू अलग्ग गराउने दिनको एकदिन अगाडि मनाउने चलन शुरू भएको हो। हरेक वर्षको फेब्रुअरी ४ तारिखबाट जापानमा बसन्त ऋतुको आगमन हुन्छ तर यो चार तारिखको एकदिन अगाडि अर्थात फेब्रुअरी ३ तारिखको दिन जापानमा सेचुबुन नो हि मनाइन्छ। यही नै बच्चाहरूले मामे माकि नो हि भनेर रमाइलो गरी मनाउँछन् ।

वर्षमा चारवटा ऋतुहरू हुन्छ ती हरेक ऋतुहरू परिवर्तन हुनु एकदिन अगाडिको दिनहरूलाई जापानमा विशेष अर्थका साथ मनाइन्छ। “रिस्सुन”立春अर्थात बसन्त ऋतु शुरू हुनु अगाडिको दिन। रिख्खा 立夏 गृष्गम ऋतु शुरू हनु अगाडिको दिन। रिस्सु 立秋 अर्थात शिशिर ऋतु शुरू हुनु अगाडिको दिन र

रित्तो 立冬 जाडो ऋतु खत्तम हुनु अगाडिको दिन। यसरी जापानमा वसन्त ऋतु शुरू हुनु अगाडिको दिनलाई, ऋतुहरू परिवर्तन हुनु अगाडिको दिन को रुपमा मनाउने चलन चली आएको छ ।

तर अनौठो! यो मामे माकि अरू ऋतु परिवर्जतनहरूको दिनमा जस्तो जस्तो यो दिनमा जापानमा सार्बजनिक छुट्टी भने छैन। तर एहो माकि 恵方巻きभनिने नोरिले बेरिएको भिनेगर भातमा सात थरि समुद्री माछाको परिकारहरू राखेर हरेक वर्षको उत्तर पशचिम दिशा तर्फ फर्केर यो सके जति पूरै मुखमा हालेर खाने चलन छ। यसरी यो “एहो माकि” उत्तर पश्चिम भन्दा पनि थोरै उत्तर तर्फ फर्किएर खायो भने र त्यो राक्षसहरूलाई पनि भगाउने भुटेको भटमास आफ्नो उमेर जति नै गेडा गनेर खायो भने वर्षै भरि स्वस्थ रहन सकिने विश्वास जापानमा अझै पनि छ।

टोकियो जापान

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.