जन सरोकार

कस्तुरीको विनासहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-१७ कुवाबाहालबाट कस्तुरीको विनाजस्तो देखिने रौँ सहितको १५/१५ ग्राम तौल भएको २ थान डल्लोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कस्तुरीको विना

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३५ वर्षीया पूजा बोहरा र काभ्रे घर भएका ३३ वर्षीय योगेन कार्की रहेका छन् । उनीहरूले डेरा कोठामा संरक्षित वन्यजन्तु कस्तुरीको विना लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त तौलको विना फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.