विश्व समाचार

सिड्नीमा एक करोड ४७ लाख अमेरिकी डलर बराबरको कोकिन बरामद

अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरी बलले सिड्नीको पश्चिमी क्षेत्रमा दुई करोड २५ लाख अष्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको १५ किलो कोकिन बरामद गरेको जनाएको छ ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो गुप्तचर प्रहरी डुलविचहिलस्थित घरमा प्रतिबन्धित लागूपदार्थको आपूर्तिबारे सोधपुछका लागि पुगेका थिए ।

घटनास्थलमा पक्राउ पर्नुअघि एक व्यक्तिले गाडीको बुटबाट एउटा झोला निकालेका थिए र अधिकारीहरूले झोलामा एक किलो कोकिनको ब्लक फेला पारेका थिए ।

स्थानीय समयअनुसार साँझ ५ बजेपछि ड्रममोइनस्थित परिसरमा पक्राउपूर्जी जारी गरी २२ वर्षीय ती युवकलाई नजिकैको प्रहरी चौकीमा लगिएको थियो ।

ग्यारेजमा खानतलासी गर्दा थप १४ किलो कोकिन फेला परेको थियो । बरामद कोकिनको कुल मूल्य दुई करोड २५ लाख अष्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर) हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

अपराधीलाई ठूलो व्यावसायिक मात्रामा उक्त प्रतिबन्धित सामान आपूर्ति गरेको दुई अभियोग लगाइएको थियो । उनलाई दुई पटक जमानत दिन अस्वीकार गरिएको छ र उनी अप्रिलमा स्थानीय अदालतमा उपस्थित हुने गरी हिरासतमा रहनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.