जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

कपिलवस्तु, ओखलढुंगा, रुपन्देही र दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  कपिलवस्तु, मायादेवी गाउँपालिका-५ सानो सिसनियामा युपि ५५ एए ८६० नम्बरको मोटरसाइकललाई युपि ५५ आर ६९४६ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो ठक्कर दिँदा युपि ५५ एए ८६० नम्बरको मोटरसाइकल चालक भारत सिद्धार्थनगर थाना अलिगडवा ग्राम गौरी बस्ने ५० वर्षीय शालिक मुसलमानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न हाल फरार युपि ५५ आर ६९४६ नम्बरको मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।त्यस्तै ओखलढुंगा, चिसंखुगढी गाउँपालिका-६ भदौरे मुगाछापमा प्र।०३-०१-००३ क ७३५६ नम्बरको स्काइभेटरको ठक्करबाट सोही ठाउँ बस्ने ६६ वर्षीय एक बहादुर थापामगरको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । स्काइभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-४ स्थित सडकमा कालिदहबाट लुम्बिनीतर्फ जाँदै गरेको लु.७६ प ९०२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय राधेश्याम कुर्मीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । यता दाङ, राप्ती गाउँपालिका-५ दोलै खोलास्थित सडकमा बा.१८ च ८६१८ नम्बरको जिपले लु.३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका-८ बिजौरी बस्ने २७ वर्षीय सुनिल चौधरीको शुक्रबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिप चालकको स्वास्थ्य चौकी सिसहनिया हुँदै थप उपचारको लागि आँखा अस्पताल भैरहवा रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.