विश्व समाचार

कोरोनाबाट चार सय २५ जनाका मृत्यु २० हजार बढीमा संक्रमण, समयमै पहिचान भए निको पार्न सकिन्छ

चीनको वुहानमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ४ सय २५ जनाको मृत्यु भएको छ भने २० हजाभन्दा बढी चिनीयामा यसको संक्रमण भएको पिपुल्स डेलीले जनाएको छ । समाचार अनुसार चीनमा कोरोना भाइरसले उत्पात मच्चाएको छ ।

चीनमा उपचारपछि ६३२ जना अस्पतालबाट फर्किएका छन् । कोरोना भाइरसबाट १५ जना हङकङ र ८ जना मकाउमा संक्रमित भएका छन् । ताइवानमा पनि १० जनालाई संक्रमण भएको पाइएको छ ।

यसैबीच विज्ञहरुले कोरोना भाइरसको संक्रमणको पहिचान समयमै भए निको पार्न सकिने बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको लक्षण प्रायः दुईदेखि दश दिनसम्ममा देखा पर्ने गर्दछ जसलाई पुष्टि गर्न यसबारे अझ बढी डाटाहरु आवश्यक रहेको बताइएको छ । यसरी भाइरसबाट संक्रमण हुनेदेखि पहिलो लक्षण देखापर्नेसम्मको समय स्वास्थ्यविद्हरुका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ जसलाई ‘इन्क्युबेसन पिरियड’ पनि भनिन्छ । यसले चिकित्सक र वैज्ञानिकहरुलाई भाइरसको फैलावट नियन्त्रण गर्न र प्रभावकारी तरिकाको पहिचान गर्ने अवसर दिलाउँछ ।

अहिलेसम्मको अध्ययनबाट भने पहिलोपटक कोरोनाको सम्पर्कमा आउने बिरामीहरुले सर्वप्रथम एकदम हल्का लक्षण मात्र अनुभव गर्ने गरेको देखिएको छ । जसमा ज्वरो, खोकी र स्वासप्रस्वासमा केही समस्या हुने गर्दछ । यसकारण पनि संक्रमण भएका अधिकांश मानिसहरु पूर्णरुपमा ठीक हुने अपेक्षा गर्न सकिन्छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञहरुले कोरोना भाइरसको सामान्य लक्षण ठीक हुन एक हप्तासम्मको समय लाग्ने बताएका छन् ।

तर जेष्ठ नागरिक र पहिलेदेखि नै मधुमेह, क्यान्सरलगायतका बिरामी अनि कमजोर प्रतिरोधात्मक प्रणाली भएका मानिसहरु भने यसको उच्च जोखिममा छन् जसमा भाइरसको प्राणघातक असर पर्न सक्छ । यसमा धेरै देशका नागरिकहरुले चीनबाट आयात हुने वस्तुमार्फत पनि भाइरस सर्न सक्नेप्रति चिन्ता गरेको पाइएको छ ।

तर स्वास्थ्यविद्हरुका अनुसार कुनै पनि भाइरसबिना होस्ट (जिवित प्राणी) २४ घण्टा भन्दा कमै समय मात्र बाँच्न सक्छ । जसकारण नै भाइरसबाट संक्रमितहरु सम्पर्कमा आएका वस्तुले हानि गर्न सक्नेबारे कुनै प्रमाण फेला परेको छैन ।

यति मात्र नभएर यसमा एउटा मानिसबाट अर्कोमा सर्नका लागि समेत उनीहरु नजिकी सम्पर्कमा हुनुपर्ने बताइएको छ । जस्तै कि परिवारका सदस्य वा उपचार गरिरहेका स्वास्थ्यकर्मी ।

यसैबीच चीनको वुहान क्षेत्रमा रहेका १ सय ८० नेपालीलाई दुई दिनभित्रै नेपाल फर्काइने भएको छ । चीनबाट फर्काएर उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर उनीहरुलाई नेपाल ल्याउने तयारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोनाभाइरस फैलिएको क्षेत्र वुहानबाट ६२ जना नेपाली विद्यार्थी स्वेदश फर्किन चाहेका छन् भने अन्य हुबेइसहित अन्य प्रान्तबाट गरी जम्मा १ सय ८० विद्यार्थी फर्किन चाहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.