कला/मनोरन्जनकलिउड

प्रेमगीत-३ को पहिलो गीत सार्वजनिक, सुनीलको डम्फूमा नाचे प्रदीप र कृष्टिना (भिडियो)

यो वर्षकै सबैभन्दा प्रतिक्षित चलचित्रका रुपमा रहेको प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक गरिएको छ । हात्ती ढुंगामा बोलको यो गीतमा बहुचर्चित अभिनेता सुनील थापाका साथमा नायक प्रदीप खड्का कृष्टिना गुरुङ लगायतका कलाकारहरुलाई दुई सय वर्षअघिको मनाङ्गे भेषभुषमा देख्न सकिनेछ ।

छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा दुई सय वर्ष पुरानो प्रेमकथालाई पर्दामा उतारिएको ‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता युवा स्टार प्रदीप खड्काको जोडीमा नवअभिनेत्री क्रिस्टिना गुरुङ छिन । कलाकारमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् ।

फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह(निर्माताको रुपमा रहेको छ । यो फिल्मको बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।

ठूलो बजेट र ठुलो क्यानभासमा निर्माणा गरिएको प्रेमगीत ३ चैत २८ देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.