कोरोना संक्रमण रोक्न विद्यमान कानुन संशोधन, उपाय पालना नगर्नेलाई दण्डित गरिने

कोरोना भाइरस संक्रमण बढेपछि राजधानी टोकियो सहित ११ प्राप्तमा संकटकाल लगाइएको जापानमा संक्रामक रोग सम्बन्धी विद्यमानन कानुन संशोधन गरी लागू गरिएको छ । जापानको संसदले बुधबार सो कानुन संशोधन गरेको हो ।
संशोधित कानुनको उद्देश्य कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले चालेका कदमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सघाउ पुग्नेछ । कानुन अनुसार संकटकाल अवधिमा तोकिएको मापदण्ड विपरीत कार्य गर्नेलाई दण्डित गर्न सकिनेछ ।
कानुन अनुसार कोरोना संक्रमण नियन्त्रणका उपायहरु पालना नगर्ने व्यक्ति तथा व्यवसायलाई जरिवाना गरिनेछ । त्यस्तै नियमका पालना गर्ने व्यवसायलाई आर्थिक राहत समेत उपलब्ध गराउन सघाउ पुग्नेछ ।
जापानमा आजसम्मको तथ्यांक अनुसार ३ लाख ९७ हजार ४ सय २८ जना संक्रमित रहेका छन् भने ६ हजार ८५ जनाको मृत्यु भएको छ भने ८ सय ९७ जना गम्भीर बिरामी छन् । अहिलेसम्म ३ लाख ४४ जार ७ सय ९६ जना उपचारपछि घर फर्किसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्