राजनीति

फागुनदेखि संयुक्त आन्दोलन, त्यसपछि केपी ओलीको आयु सकिन्छ : प्रचण्ड

सरकारको असंवैधानिक कदमबिरुद्ध आम हड्ताल आव्हान गरेको नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हड्ताल सफल बनाउन सडकममा उत्रनुभएको छ ।

अध्यक्ष प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गर्नुभएको छ । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताउँदै सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने चेतावनी दिनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको छ । हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं । त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ । त्यसपछि केपी ओलीको आयु सकिन्छ ।

सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताउनुभएका अध्यक्ष प्रचण्डले यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना बुझेका र सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँने भन्दै यो यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै अब अझ सशक्त आन्दोलन हुने र सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.