राजनीति

बन्दमा सहभागी हुन प्रचण्ड ल्याण्ड क्रुजरमा सवारी- बन्दकर्ताले सडकमै भात पकाएर खाए

देशव्यापी आम हड्ताल आव्हान गरेको प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले बन्द गराउन सडकमै बसेपछि सडकमै भात पकाएर खाएका छन् । बिहिबार झिसमिसेदेखि नै बन्द गराउन हिंडेका आन्दोलनकारीहरुका लागि सडकमै खाना पकाउने बन्दोबस्त गरिएको हो ।

आफ्नो शक्ति प्रदर्शनको उचित मौका पाएको प्रचण्ड नेपाल समूहले बन्दलाई देव्यापी रुपमा सफल बनाउन कुनै कसर बाँकी राखेको छैन । तर आम जनतालाई बन्दको अवज्ञा गरेर सवारी साधन चलाएको भन्दै साधन तोडफोड गर्ने गरिए भने अध्यक्ष प्रचण्ड भने सुरक्षाकर्मीका साथ ल्याण्ड क्रुजर चढेर बन्द गराउन सहभागी हुनुभयो ।

बन्द सफल पार्न भन्दै शीर्ष नेताहरू नै सडकमा ओर्लिएका छन् । अध्यक्ष पुल्चोकमा पुगेर आन्दोलनमा सहभागी हुनुभएको थियो भने अर्का अध्यक्ष माधव नेपाल स्कुटर चढेर कोटेश्वर क्षेत्रको अवलोकन गरेर फर्किनुभएको छ ।

देशव्यापी आमहड्ताल आव्हान गरेका प्रचण्ड आफैंले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुलचोक पुग्नुभएको थियो । गाडीबाट ओर्लिएर उहाँ बीच सडकमा केही समय पलेटी कसेर बसेर चाउचाउ र चिउरा खानुभयो र त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेल पुग्नुभयो ।

यात्रु बनेका बन्दकर्ताले चालक कुम्भनारायणलाई भित्रै राखेर यसरी लगाए आगो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.