जन सरोकार

मृत अवस्थामा सात जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट सात जना फेला परेका छन् । गुल्मी, धुर्कोट गाउँपालिका-७ तिलहरा बस्ने ८० वर्षीया हेल कुमारी घिमिरे आफ्नै बारीमाआइतबार मृत अवस्थामा फेला परेकी छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै मोरङ, विराटनगर महानगरपालिका-६ शनि मन्दिर चोक डेरा गरी बस्ने सोही महानगरपालिका-१५ रानी घर भएका २२ वर्षीय बिवेक ठाकुर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सुर्खेत, विरेन्द्रनगर नगरपालिका-१४ दर्नाकोट बस्ने २९ वर्षीय उत्तम थापा सोही ठाउँस्थित सालडाँडा भन्ने स्थानको कच्ची सडक देखी करिब ३ सय मिटर तल भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उता तनहुँ, देवघाट गाउवपालिका-५ बगन्दीस्थित त्रिशुली नदीको किनारमा हाल नामथर वतन नखुलेकी करिब ३४ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् । यता कैलाली, धनगढी उपमहानगरपालिका-१ बस्ने १९ वर्षीय दिवान नेपाली आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै दाङ, राजपुर गाउँपालिका-४ दुलैया बस्ने २२ वर्षीया पूर्णिमा चौधरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी डडेल्धुरा, गन्यापधुरा गाउँपालिका-१ भात्काँडा बजार डेरा गरी बस्ने इलाम घर बताउने ६५ वर्षीय पुरुष सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.