ब्राजिलमा दैनिक ५६ हजार भन्दा बढी संक्रमित, इटालीमा ९० हजारको मृत्यु
विश्वमा कोरोना भाइरस संक्रमणबाट सबैभन्दा प्रभावित मुलुकमा दोस्रो स्थानमा रहेको ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी संक्रमित भैरहेका छन् । बिहीबार मात्र त्यहाँ ५६ हजार ८७३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा थप एक हजार २३२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख २८ हजार ७९५ पुगेको छ ।

गत २४ घण्टामा ब्राजिलमा ५६ हजार ८७३ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ९६ हजार २९३ पुगेको छ । ब्राजिलको साओ पाउलोे सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ ।
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना सङ्क्रमणबाट चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट एक लाख ५४ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।
यसै गर अघिल्ले वर्षको सुरुवातमाा कोरोनाबाट सबैभन्दा बढी आक्रान्त कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको संख्या ९० हजार २४१ पुगेको छ । गएको २४ घण्टाको समयमा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि सो संख्या पुगेको हो ।
इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखा परेको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको माहामरी शुरु भएयता हालसम्म २५ लाख ९७ हजार ४४६ जना कुल सङ्क्रमित भएका छन् ।
इटालीमा बुधबार १५ हजार ७४८ कोरोनाा मुक्त भएपछि कोभिड –१९ को संङ्क्रमण शुरुभएयता हालसम्म २० लाख ७६ हजार ९२८ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।
बुधबार १३ हजार २७७ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखेपछि सक्रिय सङ्क्र्मितको संख्या ४ लाख ३० हजार २७७ रहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्