राजनीति

नेकपा सरकारबाट जनमतको रक्षा हुन सकेन कांग्रेस वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताउनुभएको छ ।

पाल्पाको रामपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाए पनि जनमतको रक्षा गर्न नसकेको आरोप लगाउनुभएको हो ।

उहाँले प्रतिनिधिसभा विघटनले देशमा अन्यन्तै ठूलो विषम परिस्थिति सिर्जना भएको र जनतामा निराशा छाएको विचार व्यक्त गर्नुभयो ।

बहुमतको प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको प्रावधान संविधानमा नभएको जिकिर गर्दै उहाँले विश्वासको मत लिन नसकेका अवस्थामा मात्र विघटन गर्ने अधिकार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.