राजनीति

“नारायणहिटी अगाडिको जनसभा कास्टिङ मात्रै हो, आलोचकहरु मन थामेर बस्नु”

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी अगाडिको जनसभा कास्टिङ मात्र भएको बताउँदै आफ्ना आलोचकहरुलाई पूरा दृश्य हेर्नका लागि मन थामेर बस्न भन्नुभएको छ । शुक्रबार सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सम्बोधनका क्रममा नेकपा ओली समूहका अध्यक्ष समेत रहनुभएका उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताउँदै कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताउनुभयो ।

जनसभा गर्नुको कारण स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, २, ४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको बताउँदै यो त कास्टिङ मात्र भएको र काठमाडौंका सबै सडकमा स्क्रिmनहरु राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने चेतावनी दिनुभयो ।

सम्बोधनकै क्रममाा उहाँले आम ड्तालका दिन हिजो (बिहिबार) गोंगबुमा जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताउनुभयो । प्रधानमन्त्री केपी ओलीले ट्याक्सीको बीमा भएमा बीमामार्फत नभएमा सरकारले क्षतिपूर्ति दिने बताउनुभएको हो ।

त्यस्तै हड्तालमा तरकारी फालिएका जनतालाई पनि क्षतिपूर्ति दिने जानकारी दिंदै गरिबलाई हेर्ने सरकार छ, जनतालाई माया गर्ने सरकार छ, त्यसकारण जनता ढुक्क भए हुन्छ भन्दै नेपाल बन्दको नाममा जनतालाई दुख दिने काम मान्य नहुने उनले बताउनुभयो ।

सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमै धक्का दिएर हटाउन खोज्दा अस्थिरता पैदा भएको भन्दै अहिलेको अवस्था आउनुमा प्रचण्ड र माधव नेपाल नै दोषी रहेको ठोकुवा गर्नुभयो । उहाँले सबै प्रतिकुलतासँग जुधेर मुलुकमा राजनीतक स्थायित्व कायम गरेरै छाडने अठोट पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजोदेखि नै कसैको मृत्यूमा आफ्नो अवसर खोज्ने प्रचण्ड प्रवृत्ति हावी भयो । त्यसलाई सघाउन कुण्ठा र इष्र्यामा बाँचेको माधव नेपाल प्रवृत्तिको गठवन्धन भयो । त्यसको परिणाम अराजकता सिर्जना गर्ने कोसिस गरियो । तर, यो प्रयासलाई हामी सफल हुन दिने छैनौं’ ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले सरकार र पार्टीको नेतृत्वबिरुद्ध मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाघरमा लगेर थुन्ने घोषणा गर्नुभयो । नेकपाबाट अलग हुनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले अव मांसहारी आन्दोलन गर्ने घोषणा गरेको प्रसंग कोट्टयाउँदै गृहमन्त्री थापाले मांसहारी आन्दोलन नेपालको कानूनले बर्जित गरेको र त्यसो गर्नेलाई चिडियाघरमा लगेर थुन्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘हाम्रै पार्टीका केही अवसरवादीहरु, फूटवादीहरु, प्रतिक्रियावादीहरु मांसहारी आन्दोलन गर्छौं भनिरहेका छन, हाम्रो नेपालको संबिधान र कानूनले अपराध घोषित गरेको छ, ती अपराधीहरुलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिने छ ।’

सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुश निकालिएको थियो । जयनेपालदेखि केशरमहल, जमल घण्टाघरदेखि नारायणहिटी संग्राहलय अगाडि रहेको मञ्चसम्म नै खचाखच रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.