राजनीति

परिवर्तनलाई संस्थागत गर्न दलहरु लाग्नुपर्छ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सहिदको अपेक्षाबमोजिम राजनीतिक आन्दोलन सफल बनाए पनि त्यसबाट नागरिकको जीवनमा परिवर्तन गर्ने सन्दर्भमा राजनीतिक दल चुकेका बताउनुभएको छ ।

शङ्कर पोखरेल

मदन भण्डारी बौद्धिक मञ्च नेपालले शहीद दिवसका अवसरमा आइतबार काठमाडौँम आयोजना गरेको ‘सहादतको मर्म’ विषयक छलफल कार्यक्रममा उहाँले दलहरु राजनीतिक परिवर्तनका लागि अग्रपङ्क्तिमा रहे पनि त्यसलाई संस्थागत गर्न चुकेका बताउनुभयो ।

कार्यक्रममा वक्ताहरुले शहीदको सपनालाई साकार पार्न जनताका अपेक्षाबमोजिम राजनीतिक नेतृत्वले काम गर्न नसकेको बताउनुभयो । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले शहीदका नाममा दलीय र स्वार्थको राजनीति गर्नु वाञ्छनीय नहुने बताउँदै विद्यमान नेतृत्वले आफूले काम गर्न नसकेमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायका पूर्वडिन डा त्रिरत्न मानन्धरले पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउने र नयाँ पुस्ताले जिम्मेवारी लिन तत्पर हुनुपर्नेमा बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.