विश्व समाचार

इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको संयुक्त राष्ट्रसङ्घसँग आग्रह

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई प्यालेस्टिनी जनताविरुद्ध जारी इजरायली आक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन आग्रह गर्नुभएको छ ।

प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार अब्बासले मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डसँग रामल्लास्थित राष्ट्रपतिको मुख्यालयमा भएको बैठकमा उक्त कुरा राख्नुभएको हो ।

अब्बासले गुटेर्रेसलाई व्यक्तिगत तथा संस्थागत प्रयास जारी राखी सम्पूर्ण गाजा पट्टीबाट इजरायली कब्जा फिर्ता लिई यसको कुनै पनि अशं जमिन कब्जा नगर्न अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र बनाउन आह्वान गर्नुभयो ।

अब्बासले प्यालेस्टिनीहरूका लागि मानवीय सहायता, राहत सामग्री र आश्रयमा वृद्धि सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले प्यालेस्टिनीहरूको विस्थापन रोक्न, स्थल सुरक्षा बल र बसोबास गर्नेहरूद्वारा सबै आक्रमणहरू रोक्नुका साथै सबै प्यालेस्टिनी निकासी कोष जारी गर्नुपर्नेबारे पनि जोड दिनुभयो ।

अब्बासले प्यालेस्टिनीबाट इजरायलीहरूको रिहााई सुनिश्चित गर्न सुरक्षा परिषद्को निर्णय र अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको माध्यमबाट संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनी राज्यको पूर्ण सदस्यता प्राप्त गर्नु महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.