जन सरोकार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु, बुद्धभूमी नगरपालिका-९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका-१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारूको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको बुद्धपोलिक्लिनिक गोरुसिंगेमा उपचार भइरहेको छ ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.