जल/वातावरण

इजरायल २० अर्ब डलरको गाँजा अमेरिका निर्यात गर्छ भने हामी किन नसक्ने ?

प्रदेश ३ सभासदस्य केशव स्थापितले एउटा कार्यक्रम भन्नुभयो- “शिवजीका सन्तान हामीलाई भगवानले नै गाँजा खाउ, यसको व्यावसायिक उत्पादन गर र समृद्ध बन भनेर यति बहुमूल्य जडिबुट दिए तर हामी भने अरुको पछि लागेर यसलाई प्रतिबन्ध लगाएर हिरालाई लागू औषध मानेर कारबाही गर्न थाल्यौ । अब तत्काल गाँजा व्यवस्थित रुपमा खोल्नुपर्छ र वार्षिक खर्बौं रुपैयाँ कमाउनुपर्छ ।”

स्थापितको अर्को तर्क थियो- “गाँजा खाएर मान्छेले कहिल्यै अपरा गर्दैन र आजसम्म विश्वमा गाँजा खाएको मानिसले कुनै अपराध गरेको छैन ।”

अघिल्लो वर्षको संसद अधिवेशनमा नेकपा सांसद शिरोध खतिवडाले गाँखा खुला गर्ने माग गर्नुभयो भने अहिले जारी संसदमा यस विषयमा सांसदहरुले अभियान नै चलाइरहेका छन् । गाँजा के हो र यसलाई किन प्रतिबन्धित गरियो ? विश्वमा गाँजाको उपयोग कुन किसिमले भैरहेको छ ? यहाँ केही त्यस्ता तथ्यगत चर्चा गरिन्छ ।

पूर्वीय मान्यतामा गाँजालाई मानव विकासको क्रममा सबैभन्दा पहिला प्रयोग गरिएको बिरुवाको रूपमा पनि लिइन्छ । नेपालमा परापूर्वकालदेखि गाँजालाई औषधिका रुपमा प्रयोग गरिंदै आइएको छ । गाउँघरतिर अहिले पनि हरेक घरमा एकवटा गाँजाको बोट हुने गर्दछ । यो लागूऔषधका लागि नभएर औषधिका लागि हो । बस्तुभाउदेखि मानिसकै लागि यो औषधिका रुपमा प्रयोग गरिन्छ ।

विगतमा गाँजालाई लागूऔषध भन्दै प्रतिबन्ध लगाउने अमेरिका, युरोपका मुलुकहरुमा गाँजा खुला हुनुपर्ने आन्दोलन चलिरहेको छ र अमेरिकाका दर्जन बढी राज्यले व्यवस्थित खुला गरिसकेका छन् । गाँजा लागूपदार्थभन्दा औषधि बढी भएको तथ्य अनुसन्धानहरुबाट पत्ता लागेपछि यसको प्रतिबन्ध पनि हटाउनुपर्ने आन्दोलन पश्चिमा मुलुकहरुमा चलिरहेको छ । नेपालमा गाँजाको व्यवस्थित किसिमले व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिन थालिएको छ । चिकित्सा विज्ञानले गाँजाको तत्वलाई औषधिका रुपमा भने स्वीकार गरेको छ ।

यसलाई खुला उपयोगमा बन्देज लगाइए पनि औषधिका रुपमा भने चलनचल्तीमा छ । आयुर्वेदले गाँजालाई धेरै रोगको औषधि मात्र हैन क्यान्सर जस्ता घातक रोगप्रतिरोधक शक्तिका रुपमा चित्रण गरेको जानकारहरुले बताउने गरेका छन् र यसलाई वैज्ञानिकहरुले पनि पुष्टि गरेको दृश्य इजरायलको जेरुसलेमको एउटा सानो औषधि प्रयोगशालामा हेर्न सकिन्छ । तर गाँजा सामान्य युवालाई भने हैन ।

त्यहाँ पुग्ने जो कोही आश्चर्यचकित हुन्छन्, जहाँ क्यान्सरका बिरामीहरुलाई गाँजा दिइन्छ । क्यान्सर रोगबाट पीडितहरुको उपचारका लागि नै गाँजा दिइएको भन्दा अच्चम लाग्ला तर चिकित्सा विज्ञानले गाँजाबाट क्यान्सरको औषधी हुन्छ भन्ने कुरा प्रमाण गरिसकेको छ ।

त्यसो त इजरायल गाँजा खेतीको लागि प्रसिद देशमध्येमा एक पर्दछ । तर हालका दिनमा इजरायलले नशाको लागि भन्दा पनि उपचारको लागि यसलाई प्रयोग गर्न थालेको छ । अझ आश्चर्यको विषय त के हो भने सन् २०२० सम्ममा औषधीको रुपमा अमेरिकामा इजरायलले २० अर्ब डलरको गाँजा निर्यात गर्ने लक्ष्य लिएको छ ।

इजरायलको लक्ष्य जाजाँ निर्यात गर्ने मात्र नभई यसलाई चिकित्सकीय क्षेत्रमा या अनुसन्धानको क्षेत्रमा यसको प्रयोग गर्ने रहेको छ । इजरायलले गाजाँबाट क्यान्सर, मस्तिष्कको टियूमर, अनिन्द्रा तथा अन्य रोगहरुलाई कम गर्ने औषधी उत्पादनमा लागेको छ । इजरायल सरकारले २०१७ फेबुअरीदेखि सयौं कम्पनीलाई गाँजाको खेती, उत्पादन, र निर्यात गर्न कानुनी अधिकार दिएको छ । सन् २०१६ मा मात्र इजरायलका चिकित्सकीय रुपमा गाँजाको सुरुवातको लागि अमेरिकाले एक अर्ब डलरको लगानी गरेको थियो ।

विश्वमा अमेरिका मात्र गाँजाको बजारको लागि ठूलो क्षेत्र भएकाले पनि इजरायलका चिकित्सिकहरु गाँजामा त्यती धेरै चासो देखाएका छन् । यसबाट इजरायलका चिकित्सकहरुले विश्वमा गाँजाको नेतृत्व किन लिदै छ भन्ने प्रश्न पनि खडा हुन सक्छ । तर, इजरायलका चिकित्सहरु भने गाँजामाथि यति धेरै चासो देखाउनुमा गाँजाप्रति आफ्नो लामो इतिहास जोडिएको बताउँदै आएका छन् । साथै उनीहरु गाँजाबाट प्राचीन चिकित्कीय विधिको प्रयोगले ठूला ठूला रोगको उपचार गर्न सम्भव रहको पनि दाबी गर्दछन् ।

इजरायलले सन् १९९६ देखि आधिकारीक रपमा गाँजालाई चिकित्सकीय क्षेत्रमा प्रयोग गर्दै आएको छ । यसमा इजरायली जनताहरुको पनि पूर्ण समर्थनले गर्दा यसलाई थप टेवा पुगेको देखिन्छ ।चिकित्सकहरुले बच्चाहरुमा मुर्छपर्ने रोगका लागि यसको प्रयोगगर्दैआएका छन् । कतिपय स्थितिमा त चिकित्सकहरु यसको प्रयोग लाइफ सेविङ ड्रगको रुपमा पनि गर्दैआएका छन् ।

नेपालले समेत विश्वयुद्धका बेला गाँजाबाटै बनाइएका झाडापखलाको औषधि निर्यात गरेको र अहिले पनि सिंहदरबार वैद्यखानाले त्यस्ता औषधीहरू बनाउने गरेको वैद्यखानाका पूर्वनिर्देशक प्राध्यापक डा। चन्द्रराज सापकोटा बताउनुहुन्छ । अहिले विश्वमा धेरै खोजिनेमध्येको एक निद्रासम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुने उहाँको अनुभव छ । त्यस्तै विभिन्न खोज अनुसन्धानमा यो पनि पाइएको छ कि गाजाँमा पाउने केनेबिनोइड प्रयोगात्म तरिकाबाट विकास हुने दिमागको टियूमरलाई बढ्नबाट रोक्ने काम गर्दछ ।

१९ औँ एवं २० औँ शताब्दीताका आयोडिनको साथ गाँजाको प्रयोग प्रमुख औषधिका लागि गरिएको थियो ।  यसको प्रयोग आतसंग जोडिएको समस्या होस् या डाइवेटिज एवं मुटु सबै रोगको उपचारको लागि यसको प्रयोग गर्ने सकिन्छ ।

गाजाँमा पाइने रसायन सिन्थेटिक अथवा प्राकृतिक रुपमा पाउने केनेबिनोल दुबै क्यान्सरको औषधी सहित अन्य परिस्थिथिका कारण हुने टाक्सीसीटीलाई समेत कम गर्ने मद्दत गर्दछ । यसो भन्दैमा गाँजा खानुपर्छ भन्ने कदापी हैन ।

गाँजा एक लागूऔषध हो र यसको उपयोग जीवन रक्षाका लागि हुन्छ भने दुरुपयोग जीवन लिने कारण बन्दछ । हरेक कुराको सकारात्मक र नकारात्मक दुबै पाटो हुने हुँदा गाँजाको पहिलो पाटोलाई उपयोग गरेर जीवनरक्षा गर्नु सकारात्मक पक्ष हो ।

अर्कोतिर गाँजाबाट सौन्दर्य प्रशाधनका औषधिहरु पनि बनिरहेका छन् र यसलाई व्यापक रुपमा रुचाइएको छ । खासम गाँजालाई एक जटिबुटीका रुपमा उपयोग गर्नसके यसबाट नेपाल जस्ता उच्च गुणस्तरको गाँजा उत्पादन हुने देशलाई आर्थिक लाभ लिनसक्ने देखिन्छ । यसो भन्दैमा गाँजाको खुलेआम विक्री वितरण र यसको सेवनमा छुट दिन भने सकिंदैन ।

नेपालको धेरै क्षेत्रमा गाँजा प्राकृतिक रूपमा नै उम्रिन्छ। औषधीय गुण भएको प्रमाणित भइसकेको यो वनस्पतिलाई परम्परागत रूपमा औषधिमा पनि प्रयोग गरिन्छ । कतैकतै यसको दाना भुटेर त्यसको छोप वा अचार बनाएर खाने चलन पनि छ । वैज्ञानिकहरूले गाँजामा हुने विभिन्न यौगिकबारे अनुसन्धान गरेर क्यान्सर एवम् अरू रोगमा उपचार गर्ने औषधि बनाएका छन् । त्यसका लागि केही देशमा गाँजा खेतीलाई कानुनी मान्यता पनि दिइएको छ ।

अमेरिकाको कुरा

एक रिपोर्ट अनुसार अमेरिकामा सबैभन्दा पहिला गाँजा खुल्ला गर्ने राज्य भने क्यालिफोर्निया हो । सन् १९९६ मा क्यालिफोर्निया राज्यले पहिलो पटक औषधी प्रयोजनको लागि गाँजा खुल्ला गरेको थियो । अहिले क्यालिफोर्नियामा गाँजाको खुल्ला बिक्री पसलबाट नै गर्न पाउने कानूनी ब्यबस्था छ । सन् २०१६ देखि क्यालिफोर्निया राज्यमा ८ ग्रामसम्म लिएर खुला हिड्न पाउने र २१ बर्ष माथिका बस्यकले गाँजा प्रयोग गर्न पाउने कानूनी ब्यवस्था छ । अलास्का राज्यमा पनि सन् २०१६ देखि कानूनी रुपका १ आउन्ससम्म खुला रुपमा बोकेर हिड्न पाउनु को साथै पसल नै खोलेर गाँजालाई खुला रुपमा बिक्री बितरण गर्न पाउने व्यवस्था छ ।

पछिल्लो समय अमेरिकाले मिचिगन राज्यले २ दशमलब ५ आउन्ससम्म गाँजा खुल्ला रुपमा ओसार पसार गर्न पाउने र आफ्नै घरमा १२ वटासम्म बिरुवा लगाउन पाउने मापदण्ड तोकेर कानूनी व्यवस्था गर्यो । २०१८ नोभेम्बरदेखि मिचिगनमा २१ बर्ष माथिका बस्यकले मनोरञ्जनका लागि समेत गाँजा प्रयोग गर्न पाउने भएका हुन् ।

गाँजाको सन्दर्भमा कोलोराडो निकै चर्चित राज्य हो । भनिन्छ कोलोराडोमा स्टारबक्स र म्याकडोनाल भन्दा धेरै गाँजाका पसल छन् । सन् २०१२ मा मनोरञ्जनको लागि पनि गाँजा प्रयोग गर्न पाउने मान्यता पाएको कोलोराडोमा ८ आउन्ससम्म परिमाणको गाँजा ओसारपसार गर्न कानूनले बर्जित गर्दैन । कोलोराडोबासी र पर्यटक दुवैले प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ । अर्को राज्य मेनमा पनि मनोरंजनको लागि गाँजाको प्रयोग कानूनले खुल्ला गरेको छ । मेनमा अन्य राज्यमा भन्दा झन्डै दोब्बर २ दशमलब ५ आउन्स गाँजा खुलारुपमा बोकेर हिड्न पाउने कानूनी व्यवस्था छ ।

अमेरिकामा गाँजाको इतिहाससँग जोडिएको अर्को राज्य हो ओरेगन । सन् २०१५ मा मनोरंजनको लागि पनि गाँजा प्रयोग गर्न पाउने कानून पास गरेको ओरेगनले कानून पास गरे यता ८ करोड ५० लाख अमेरिकी डलर गाँजाबात कर संकलन गरी सकेको छ । त्यस्तै औषधिको लागि गाँजा प्रयोग गर्न पाउने कानून सन् २०१२ मा बनाएको म्यासाच्यूसेट्सले सन् २०१६ मा मनोरंजनको लागि गाँजा प्रयोग गर्न पाउने कानून पास गर्यो ।

हाल म्यासाच्यूसेट्स राज्यमा १२ वटासम्म गाँजाका बिरुवा आफ्नै घरमा लगाउन पाईन्छ भने १ आउन्स खुला रुपमा ओसार पसार गर्न पाइन्छ । सन् २०१८ को सुरुमा नै बिधानसभाबाट कानून पास गरेर गाँजालाई मनोरंजन प्रयोजनका लागि खुल्ला गर्ने राज्य भर्मोण्ट हो । भर्मोण्टमा १ आँउन्स मात्र खुला रुपमा बोक्न पाइन्छ भने जम्मा २ वटा गाँजाका बिरुवा मात्र घरमा रोप्न पाइन्छ ।

गाँजा खुल्ला गरेर धेरै कर संकलन गर्ने अर्को राज्य नेभादा हो । नेभादा राज्यले गाँजाबाट प्रति बर्ष २ करोड अमेरिकी डलर संकलन गर्ने आँकडा छ । नेभादामा २१ बर्ष माथिका बस्यकले मनोरंजनका लागि गाँजा प्रयोग गर्न पाउँछन भने १ आँउन्स खुला ओसार पसार गर्न पाउने व्यवस्था छ । वासिंगटन राज्यमा पनि गाँजा प्रयोग पुर्ण छुट छ । १ आँउन्स खुला ओसार पसार गर्न छुट भए पनि आफ्नै बारीमा बिरुवा रोप्न भने कस्तो रोगको औषधिका लागि हो पुष्टी गर्नुपर्ने कानूनी व्यवस्था छ ।

उल्लेखित १० राज्यमा गाँजा पूर्णरुपमा खुला भए पनि मोन्टाना, नर्थ डकोटा, मिनियासोटा, उटाहा, एरिजोना, न्यू मेक्सिको, ओक्लाहामा, अर्कान्सास, मेरिल्याण्ड, रोड आईल्याण्ड, डेलावर, न्युजर्सी, न्यूयोर्क, ईलिनोईज, फ्लोरिडा, ओहायो, वेस्ट भर्जिनिया, पेन्सिल्भानिया, कनेक्टिकट ,न्यूह्याम्पसायर, हवाई लगायतका २३ वटा राज्यमा औषधीजन्य प्रयोजनका लागि मात्र गाँजाको प्रयोग गर्न पाइन्छ ।

कहिलेबाट प्रतिबन्ध

संयुक्त राष्ट्रसङ्घले सन् १९६१ मा ुद सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग्स १९६१ु पारित गर्‍यो । त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान छ । नेपालले सो अभिसन्धि हस्ताक्षर गरेपछि सन् १९७६ मा बनेको लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो । त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्रीवितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो ।

सन् १९६०/७० को दशकमा नेपाल ुहिप्पी टुरिस्टुको लागि प्रख्यात थियो । पश्चिमाहरूको लागि घुम्नु र गाँजामा रमाउनका लागि नेपाल पहिलो रोजाइमा पर्थ्यो । अमेरिकनहरू पनि आउने गर्थे । आफ्नो नागरिकको सुरक्षाका लागि भनेर अमेरिका तथा अन्तर्राष्ट्रिय दबाबको कारणले गाँजालाई अवैध घोषणा गरियो । नेपालले पनि आँखा चिम्लेर अवैध घोषणा गर्‍यो । संसारभर भएका अनुसन्धानले गाँजाको फाइदाको बारेमा चर्चा मात्र गरेन, परापूर्वकालदेखिको ज्ञानलाई सही प्रमाणित पनि गरिदियो । आधुनिक ज्ञानको घमण्डलाई परम्परागत ज्ञानले नराम्री पछारिदियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.