खेल

ओमानलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दियो अमेरिकाले

काठमाडौंमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ । लिगको शीर्ष र दोस्रो स्थानमा रहेका यी दुई टोलीबीच बिहिबार त्रिवि क्रिकेट मैदान जारी खेलमा ओमानले टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै १० विकेट गुमाएर २ सय १३ रन बनाएको हो ।

अमेरिकाका लागि इयान हल्यान्डले अर्धशतकीय पारी खेले । हल्याण्डले पाँचै विकेटका लागि अक्ष होमराजसंग ८२ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्स उकासे । ५४ रन हुँदा ४ विकेट गुमाएको अमेरिकाको लागि हल्यान्ड र होमराजले अर्धशतकीय साझेदारी गरे ।

इयान अलान्डले ७८ बल खेल्दै ७ चौका मद्दतमा सर्वाधिक ६५ रन बनाए । यस्तै अक्ष होमराजले ४४ रन बनाए । उनले ५३ बल खेल्दै ३ चौका २ छक्का प्रहार गरे । यस्तै मोनाक पटेल १९, तिमिल पटेलले १६, आरोन जोन्सनले १३ र रस्ती थेरोनले १० रन बनाए । ११ औं नम्बरमा ब्याटिङ गरेका कप्तान सौरभ नेत्रभाल्करले अविजित १४ रन बनाए । उनले ९ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।

ओमानका लागि मोहम्मद नदिमले ३ विकेट लिए भने कप्तान जिसन मक्सुद, उपकप्तान अकिब इल्यास र विलाल खानले २, २ विकेट लिए । ८ ओभर बलिङ गरेका नदिमले ४३ रन खर्चेर ३ विकेट लिएका हुन् । कप्तान जिसन मक्सुदले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए । उपकप्तान अकिब इल्यासले ५ ओभरमा २० रन खर्चेर २ विकेट लिए । यस्तै बिलाल खानले ९ ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए । कलिमुल्लाहले १ विकेट लिए ।

ओमान यतिबेला विजयी लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.